तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्र नीति प्रतिकूल नहुने गरी प्राप्त हुने सबै वैदेशिक सहायताहरू स्वीकार गर्नुपर्ने : मन्त्री बाँस्कोटा

फाइल तस्बिर

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशको आर्थिक तथा सामाजिक रूपान्तरणका असंलग्न परराष्ट्र नीतिको प्रतिकूल नहुनेगरी प्राप्त हुने सबै बैदेशिक सहायताहरू स्वीकार गर्नुपर्ने बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा पत्रकारको एक प्रश्नमा मन्त्री बाँस्कोटाले सरकारले प्रतिवद्धता जनाए अनुसार सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू पुरा गर्न आन्तरिक श्रोतहरूले मात्रै सम्भव नहुने हुनाले मिलिनियम च्यालेन्ज को–अपरेशन (एमसीसी) बेल्ड एण्ड रोड इनिसिएटिभ (विआरआइ) लगायतका सहयोगहरू स्वीकार गरेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले एमसीसी अन्तर्गत प्राप्त हुने सहयोगको उद्देश्य नेपालको सडक र विद्युत प्रशारण लाईको स्तरउन्नती गर्नमा मात्रै सिमित रहने बिषयमा सम्झौताका दुवै पक्ष स्पष्ट रहेको र सन्य सम्बन्धको कुनै सर्त नरहेको समेत बताउनुभयो ।

बैदेशीक ऋण तथा अनुदान दिने सबै निकायले लगानीको सदुपयोग सुनिश्चित गर्न सर्तहरू राख्ने गरेको उल्लेख गर्नुहुँदै मन्त्री बाँस्कोटाले पारदर्शीता र स्थायित्वका लागि एमसीसीले राखेका सर्तहरू पनि स्वीकार गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button