तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थी हुनु त यस्तो पो

सुरुङ्गा-आफूलाई शिक्षा दिने गुरु मिर्गाैला रोगले थलिएपछि विद्यार्थीले रु तीन लाख तीन हजार २१५ सङकलन गरी प्रदान गरेका छन् । अर्जुनधारा नगरपालिका–५ फूलबारीका भानु माध्यमिक विद्यालयमा अध्ययनत पूर्वविद्यार्थीले विद्यालयका पूर्वप्रधानाध्यापक ताराप्रसाद सञ्जेललाई सो रकम प्रदान गरेका हुन् ।

विद्यालयका पूर्वविद्यार्थीसमेत रहनुभएका मेची भन्सार कार्यालय झापाका प्रमुख कर अधिकृत ध्रुवराज विश्वकर्माले उहाँलाई सम्मानसहित नगद हस्तान्तरण गर्नुभयो । पूर्वविद्यार्थी देवराज बुढाथोकीले प्रधानाध्यापक सञ्जेलले आफूहरुलाई शिक्षाको उज्यालो ज्योति छरेर सक्षम बनाएको स्मरण गर्नुभयो ।

विद्यालयका पूर्वविद्यार्थी तथा अर्जुनधारा नगरपालिका–५ का वडाध्यक्ष ध्यानवहादुर भारतीले उपचारमा सहयोग गर्न आग्रह गर्नुभयो । पूर्वविद्यार्थी रामकुमकार बुढाथोकी, पूर्ण चौहान, प्रशान्त भण्डारी, नेत्र नेपाल, दिपेन्द्र लम्साल, गणेशवहादुर खड्का, मेनुका गिरीलगायतले शिक्षा क्षेत्रमा सञ्जेलले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

पूर्वप्रअ सञ्जेलले असल संस्कार हराइरहेका समय अरुलाई समेत प्रेरणा हुने गरी आफ्ना गुरुप्रति विद्यार्थीले देखाएको सद्भावले आफू हर्षित भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button