तपाईँ सुन्दै हुनुहुन्छः

सातै प्रदेशको नाटक मञ्चन गर्दै ‘इलाम राष्ट्रिय लोक नाटक महोत्सव’ हुने

इलाम । इलाममा आगामी माघ २६ गतेदेखि पाँच दिने ‘इलाम राष्ट्रिय लोक नाटक महोत्सव–२०७६’ हुने भएको छ ।

साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) काठमाडौंको आयोजना र नगरपालिकाअन्र्तगतको साहित्य कला संगीत प्रतिष्ठान र चेतना नाट्य समूहको सहआयोजनामा महोत्सव गर्न लाग्उिको हो ।

‘लोक नाटक, लोक संस्कृति लोप हुदै गएकोले यसलाई संरक्षण गर्न महोत्सव आयोजना गरिएको’ साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरका कार्यक्रम तथा योजना महाशाखाका महाप्रमुख प्र्रभाकार शर्माले बताउनु भयो । रङ्गमञ्चमा धेरै परिवर्तन र उत्तारचढाव आइसकेकोले प्रयोगको नाममा नेपाली परम्परका संस्कृति हराउदै जाने भएकाले पनि लोक नाटक महोत्सवको आवश्यकता रहेको उहाँले बताउनु भयो ।

‘पूर्वीय र पश्चिमी दुवै शैलीबाट नाटकहरु गरीरहदा पश्चिमी शैलीको बढी प्रभाव रहेकाले नेपाली लोक नाटकहरु ओझेलमा पर्ने भएकाले संरक्षण गर्न’ शर्माले जोड दिनुभयो । लोक नाटकमा सातै वटा प्रदेशको संस्कृति प्रस्तुत हुने उहाँले बताउनु भयो ।

भ्रमण वर्ष २०२० लार्ई लक्षित गरी नाटकलाई पर्यटनसँग जोड्न खोजेको साहित्य कला संगीत प्रतिष्ठान इलामको अध्यक्ष टिका घिमिरेले बताउनु भयो । महोत्सवमा सहभागीहरुले इलामको पर्यटकीय स्थानको बारेमा जानकारी पाउने भएकोले इलामको प्रचार समेत हुने घिमिरेले बताउनु भयो । महोत्सवमा चार हजार बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

नाटक महोत्सवमा ७ वटै प्रदेशको एक एक वटा नाटक मञ्चन हुनेछन् । संस्थानले सबै प्रदेशबाट प्रतिनिधित्व रहनेगरी नाटक छनौट गरीसकेको छ भने सहआयोजक चेतना नाट्य समुहले पनि एउटा नाटक प्रस्तुत गर्ने भएको छ । प्रदेश १ बाट ‘सुम्निमा–पारुहाङ’, २ बाट ‘कनन हरलता’, बागमतीबाट ‘राजकुमार मल्ल युद्ध’, गण्डकीबाट ‘नमबुद्ध’, ५ बाट ‘कुजरी’ कर्णालीबाट ‘छैंटी’ र प्रदेश ७ बाट ‘लोली सञ्जा’ नाटक मञ्चन गरिनेछ  निश्चय भइसकेको छ । इलाममा रहेको चेतना नाट्य समुहले पनि एउटा नाटक प्रस्तुत गर्ने तयारी भएको छ ।

नाटक सम्बन्धी क्रियाकलाप खासै आयोजना नहुने भएकाले नाटक महोत्सवले मोफसलमा बसेर नाट्य क्षेत्रमा लाग्नेलाई थप प्रेरणा मिल्ने नाट्यकमी सुरेश पोर्तेलले बताउनु भयो । नाटकमा लाग्दै गरेकाहरुका लागि महोत्सवबाट धेरै कुराहरु सिक्न सकिने अपेक्षा छ । यो सँगै युवा पुस्ताले नेपाली लोक परम्परा संस्कृतिको बारेमा जानकारी पाउने पोर्तेलले बताउनु भयो ।

महोत्सवको लागी आयोजकले तीव्र रुपमा तयारी गरीरहेको जनाएको छ । महोत्सवालाई व्यवस्थित गर्न विभिन्न उपसमितिहरु निमार्ण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button