तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा : विभिन्न संबैधानिक आयोगहरुको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न संबैधानिक आयोगहरुको वार्षिक प्रतिवेदन पेश भएको छ ।
बैठकमा प्रधानमन्त्री केपीशर्मा ओलीको तर्फाबाट कानुन, न्याय तथा संसदीय मामिला बन्त्री भानुभक्त ढकालले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनलोक सेवा आयोगको साट्ठीऔ वार्षिक प्रतिवेदन, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

उहाँले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रथम वार्षिक प्रतिवेदन, राष्ट्रिय समावेशी आयोगको प्रथम वार्षिक प्रतिवेदन, मधेशी आयोगको प्रथम प्रतिवेदन, थारु आयोगको वाािर्ष प्रतिवेदन र मुस्लिम आयोगको प्रथम वार्षिक प्रतिवेदन समेत पेश गर्नुभयो ।
सभामुख अग्नि प्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरुको नाम हेरफेरका लागि गरेको प्रस्ताव र विभिन्न समितिहरुमा सदस्यहरुको नम थप तथा हेरफेरका लागि गर्नु भएको प्रस्तावमा बैकले स्विकृत गरेको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सांसदहरुले देश खुल्ला दिशामुक्त क्षेत्र घोषणा भैसक्दा समेत उपत्यका भित्र सार्वजनिक सौचालयको अभाव रहेकोे भन्दै मापदण्ड अनुसारको शौचालय पास्ट ट्रयाकमा निर्माण गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

चुरे दोहन रोक्न नसक्दा समस्या उत्पन्न भएको भन्दै सांसदहरुले त्यसलाई तत्काल रोक्न सभामुख मार्फत सरकाको ध्यानाकर्षण गराउनु भयो ।
सांसदहरुले चीनबाट आएको कोरोना भाइरस विश्वभर फैलिएकाले केही समयका लागि चिनबाट नेपाल आवतजावत रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

शोक प्रस्ताव पारित
प्रतिनिधि सभा आजको बैठकले पूर्व सांसद गम्भिरजंग कार्कीको निधन प्रति शोेक प्रस्ताव पारित गरेको छ ।
कार्की २०४८ सालमा नेपाली कांग्रसका तर्फबाट पाल्पा क्षेत्र नम्वर २ बाटा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । ७४ वर्र्षी कार्की यहि माघ ११ गते काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक माघ २१ दिउको १ वजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button