तपाईँ सुन्दै हुनुहुन्छः

स्कारपियो डिभाईडरमा ठोक्किदां एक जनाको मृत्यु, चार घाईते

बीरगंज । बीरगंजको मेनरोडस्थित मुर्ली चोकमा तिव्र गतिमा रहेको स्कारपियो गएराती सडकको डिभाईडरमा ठोकिएर भएको दुर्घटनामा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने चार जना गम्भिर घाईते भएका छन् ।

दुर्घटनामा परी बाराको परवानीपुर गांउपालिका वडा नम्बर ५ बहुवरी निवासी १६ वर्षिय आकाश पटेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सो दुर्घटनामा परी गाडीमा सवार बाराको फेटा गाउँपालिका वडा नम्बर १ भलुही निवासी १७ वर्षीय धिरेन्द्र कुमार दास, बीरगञ्ज महानगरपालिका १० रानीघाट निवासी १६ वर्षीय सोनु साह र वीरगञ्ज १० आदर्शनगर निवासी १८ वर्षीय ओम पुरी, वीरगन्ज महानगरपालिका ३० निवासी १८ वर्षिय जयन्त अली घाइते भएको घाईतेहरुको नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल र अलि अर्थो अस्पताल बिरगंजमा उपचारार्थ भर्ना गरिएको प्रहरीले जनाएको छ ।

बीरगन्जको घण्टाघरबाट गण्डकतर्पm जांदै गरेको वा १५ च ७७७१ नम्बरको स्कारपीयो गाडी गएराती करीब १२ः०० बजे तिव्रगतीको कारण अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

१६ वर्षिय गाडी चालक पटेल सिकारु रहेको र अभिभावकहरुको लापरवाहीको कारण सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गाडी चलाउने आकाश पटेल समाजवादी पार्टी बाराका अध्यक्ष अजय पटेलका छोरा भएको प्रहरीले जनाएको छ ।

जन्ती बोकेको टयाक्टर पल्टिदा दुई घाईते
यसैबीच पर्सागढी नगरपालिका वडा नम्बर २ बाट जिरा भवानी गांउपालिका वडा नम्बर ३ मा विवाहमा जन्ती लिएर आएको एक टयाक्टर ईर्मिती खोलामा पल्टिदा दुई जना घाइृते भएका छन् ।

ना ४ त ३१६२ नम्बरको टयाक्टर आज बिहान ८ः०० बजे खोलामा पल्टिदाँ भएको दुर्घटनामा पर्सागढी नगरपालिका वडा नम्बर २ निवासी राकेश माझी र प्रेम माझी घाईते भएका छन् ।

घाईते दुबै जनाको नारायणी अस्पताल वीरगन्जमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा टयाक्टरमा सवार अन्य जन्तीहरु भने सकुशल रहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button