तपाईँ सुन्दै हुनुहुन्छः

स्कुल भ्यानको ठक्करले बालिकाको मृत्यु  

तुलसीपुर –दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । लमहीमा स्कुल बसको ठक्करबाट १८ महिने बालिकाको मृत्यु भएको छ ।

गोरखा मोडेल कलेजको रा१ख १०२८ नंको स्कुल बसले ठक्कर दिँदा लमही नगरपालिका–६ देउपुर निवासी छोटु मुसलमानकी १८ महिने छोरी सफिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार आज अपराह्न करीब ४ः०० बजेतिर विद्यार्थी छाड्न पुगेको स्कुल भ्यानले सडकमा खेल्दै गरेकी खातुनलाई ठक्कर दिएको थियो ।

चालक र भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button