तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाका वडा कमिटि अध्यक्षमाथि निर्घात कुटपिट, पीडक पक्राउ

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा न. १० का नेपाल कम्युनिष्ट पार्टी नेकपाका वडा कमिटि अध्यक्ष प्रकाश लावडमाथि कुटपिट भएकोछ ।

शुक्रबार दिउसो २ बजे वडा कार्यालयकै प्रागंणमा लावडमाथि स्थानिय त्रिलोक बिष्टले कुटपिट गरेका हुन् । बिष्टले लावडलाई निर्घात कुटपिट गरि दुबै हात भाचि दिएकाछन् ।

पीडित लाबडले भन्नुभयो ‘मलाई एक्कासी किन कुटपिट ग¥यो थाहा छैन्, हामी बसिरहेका थियौँ, उ मदिरा सेवन गरेर आएजस्तो थियो, तिमीहरुलाई संकटकालमा बचाउने हामी हौँ, तँ ‘डुम’ माओबादी भनेर एक्कासी कुटपिट ग¥यो, म बेहोस भएर ढले, मेरा आफन्तहरु कोहीपनि थिएनन्, कर्मचारीहरु थिए, उनीहरु कोही बोलेनन्, मलाई भिरबाट लडाउन खाज्यो, बल्लतल्ल बाँच्न सफल भए ।’

कुटपिट गर्ने बिष्टलाई जिल्ला प्रहरी कार्यालय बैतडीले शुक्रबार नै पक्राउ गरेकोछ । घटनाको अनुसन्धान भैरहेको डिएसपी डिल्ली नारायण पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button