तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

बागलुङ । बागलुङमा तमानखोला गाउँपालिका–१ बोङगादोभान घरायसी विवादमा श्रीमान–श्रीमतीबीच कुटाकुट हुँदा श्रीमानको मृत्यु भएको छ ।

तमानखोला गाउँपालिका वडा नम्बर १ का ६४ वर्षीय रविलाल विकको ६० वर्षिय जमुना विकको कुटाईबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

झगडामा श्रीमतिले धकेल्दा रविलालको टाउको घरको भित्तामा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम केसीले जानकारी दिनुभयो ।

घटना पछि प्रहरीले मृतककी श्रीमती जमुनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाइएको छ । मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा पोष्ट माटम गरि आफन्तजनलाई जिम्मा लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button