तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रबार अबेर राती भक्तपुर नगरपालिका २ ख्वप कलेज नजिकै भएको दुर्घटनामा एक युवकको मृत्यु भएको हो ।

चाँगुबाट डेकोचातर्फ आउँदै गरेको बा १३ च १०५० नं को सामान बोक्ने गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार भक्तपुर नगरपालिका ६ बस्ने बर्ष १७ को उज्वल कासुलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घट्नामा परेर गम्भिर घाईते भएका उनलाई तत्काल उपचारका लागि जनस्वास्थ्य अस्पताल च्यामासिंह लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी प्रबक्ता डिएसपी दिपक गिरीले बताउनुभयो ।

काशुलाको शव पोष्ट मार्टमका लागि भक्तपुर अस्पतालमा लगिएको छ । सवारी साधन र चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका ६ बस्ने बर्ष ३८ को राधेश्याम लवजुलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखेर थप अनुसन्धान भईरहेको गिरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button