तपाईँ सुन्दै हुनुहुन्छः

झापामा एक जना महिलाको जलेर मृत्यु

भद्रपुर, झापा । झापामा एक जना महिलाको जलेर मृत्यु भएको छ । आफ्नै घरमा जलेको अवस्थामा बाह्रदशी गाउँपालिका–१ बस्ने ६० वर्षीया तलामयी मर्डीको लाश शुक्रबार फेला परेको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

महिला मर्डी जलेको अवस्थामा घरभित्र फेला परेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

उनको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button