तपाईँ सुन्दै हुनुहुन्छः

नागरिक स्वस्थ भएमात्र देश समृद्ध बन्छ : राज्यमन्त्री रावत

सल्यान । स्वास्थ्य तथा जनसख्ंया राज्यमन्त्री नवराज रावतले समृद्ध नेपाल बन्न नागरिक स्वस्थ्य हुनु पर्ने बताउनुभएको छ । उहाँले नागरिक स्वस्थ भएमा मात्र देशले समृद्धि हासिल गर्न सक्ने बताउनुभयो ।

जिल्लाको बनगाड कुपिन्डे नगरपालिकाको सल्लीबजारमा भएको कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले स्वास्थ्य सेवालाई सुद्धढ नगरी स्वस्थ नागरिक हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो शिक्षा, स्वास्थ्य र पर्यटनमा गुणात्मक विकास गरेमा मात्र देश समृद्ध बन्न सक्छ ।

प्रत्येक टोलमा स्वास्थ्य सेवा पु¥याउन आफु देशभर स्वास्थ्य क्षेत्रमा भएका समस्याका बारेमा अनुगमन गरी आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने उद्देश्यले जिल्ला दौडाहामा रहेको बताउनुभयो ।

देशभरभन्दा कर्णालीका जनता स्वास्थ्य सेवाबाट बढी बञ्चित भएको बताउँदै राज्यमन्त्री रावतले भूगोग र जनसख्यालाई आधार मानेर बजेट विनियोजन गर्ने बताउनुभयो ।

उहाँले सल्यान र दैलेख जिल्लामा छिट्टै स्वास्थ्य विमा कार्यक्रम लागु गर्ने समेत बताउनुभयो । आफ्नो कार्यकाल भित्र सबै स्थानीय तहमा १४ शैयांको अस्पताल बनाउने समेत उहाँको दावी थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button