तपाईँ सुन्दै हुनुहुन्छः

राजविराजबाट बुद्ध एयरको दैनिक उडान सुरु

सप्तरी । सप्तरीको राजविराज विमानस्थलबाट बुद्ध एयरले दैनिक विमान उडान सेवा प्रारम्भ गरेको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गरी बुद्ध एयरलायन्सको ९ एन.ए.जे. ओ नम्बरको विमानले दैनिक उडान सेवा शुरु गरेको हो ।

२०१६ सालमा शिलान्यस भएर पटक–पटक विमान उडान सेवा संचालन भई ठप्प रहेको राजविराज विमान स्थलबाट बुद्धएयर विमान उडान शनिवारदेखि सुचारु भएका हुन् । यात्रुको बढ्दोचाप तथा पर्यटन वर्ष २०२० लाई लक्षित गरी बुद्धएयरलाइन्सले दैनिक उडान थालिएको राजविराज विमानस्थल कार्यालयले जनाएको छ ।

विमान सेवाको भाडा दर हाललाई २ हजार ५ सय रुपैयाँ न्यूनतम कायम गरेर विमान संचालन गरेको विमान कार्यालय व्यवस्थापनले बताए । विमानस्थलको १ हजार ८ सय मिटर लामो र ३० मिटर चौडाई पक्की रनबे, ६० मिटर चौडाई तथा ९० मिटर लामो एप्रोच रहेको राजविराज विमान स्थलमा १ सय १० मिटर लामो र २० मिटर चौडाई ट्यााक्सी वे रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button