तपाईँ सुन्दै हुनुहुन्छः

आज सिमसार दिवस विविध कार्यक्रम गरी मनाइदै

काठमाडौं ।  सिमसार र जैविक विविधता नाराका साथ यस वर्षको सिमसार दिवस आज विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

सिमसार क्षेत्रको सही ब्यवस्थापन गर्दै जैविक विविधता र वन्यजन्तु्को संरक्षणमा जोड दिन नेपालमा यो नारा तय गरिएको वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले जनाएको छ ।

सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिन फेब्रुअरी २ तारिखलाई स्मरण गर्दै सिमसारको महत्व बारे जनचेतना अभिबृद्धि गर्ने लक्ष्य सहित विश्व सिमसार दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button