तपाईँ सुन्दै हुनुहुन्छः

पुम्फालाई किमोथेरापी पछि शल्यक्रिया गरिने

सुर्खेत-तीन वर्षदेखि आर्थिक अभावका कारण उपचार हुन नसकेर अर्बुद रोगले थलिएकी तातोपानी गाउँपालिका–२ जुम्ला जर्मीगाउँकी ६५ वर्षीया पुम्फा दमार्इंको बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार शुरु भएको छ ।

उहाँको उपचारमा सम्लग्न डा तोसीमा कार्कीले पहिलो चरणमा स्वास्थ्य परीक्षण सम्पन्न गरिएको जानकारी दिनुभयो ।

रोग बल्झिएकाले पाठेघर, कलेजोसम्म पनि यसको असर पर्न सक्ने भन्दै डा कार्कीले मेडिकल अनुसन्धान जारी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार तीन पटकसम्म किमोथेरापी गरेर सुधार भएपछि मात्र शल्यक्रिया गरिने छ । पुम्फालाई प्राथमिकतामा राखेर काम गरेको क्यान्सर अस्पताल भरतपुरले जनाएको छ ।

जटिल खालका रोगका लागि सरकारले रु एक लाख सहयोग गर्ने नीतिअनुसार उपचार सजिलो हुने भएको छ । गाउँपालिकाको सिफारिशमा अस्पतालले सो सेवा निःशुल्क दिने जनाइएको छ । अस्पतालका डा गङ्गा सापकोटाले उहाँको निःशुल्क उपचार हुने जानकारी दिनुभयो ।

त्यस्तै, स्वास्थ्य बीमा बोर्ड, अस्पतालको क्यान्सर सेवा समाजले पुम्फाको उपचारका लागि थप जनाइएको छ । पुम्फाको उपचारको अवधिभर क्यान्सर सेवा समाज भरतपुरले रेखदेख गर्ने छ । उहाँको उपचारका लागि हालसम्म रु ६२ हजार नगद सहयोग जुटेको सागर परियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button