तपाईँ सुन्दै हुनुहुन्छः

अपडेट : सुनसरीको तित्रृबनामा बस र हाईस गाडी दुर्घटना, ३ जनाको मृत्यु

सुनसरी । सुनसरीको रामधुनीको तितिरवनमा अहिले विहान ८ बजे सुनसरीको तित्रृबनामा बस र हाईस गाडी दुर्घटना हुदा तीन जनाको घट्ना स्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा अन्य धेरैको मृत्यु हुन सक्ने प्रहरीले बताएको छ । घट्ना स्थलबाट शव निकाल्न समस्या भईरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

इटहरीबाट इनरुवा तिर जादै गरेको बा ५ ख ३१५७ नम्बरको हाईस गाडी र इनरुवाबाट इटहरी तिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाएको हो ।

हाईसका यात्रु धेरैको मुत्यु भएको प्रहरीले जनाएको छ । हाईस गाडी कच्याककुच्युक अवस्थामा छ । शबहरु चेपिएको अवस्थामा छन् उनीहरुलाई निकाल्न काम भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण नआईसकेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । दुर्घटना भएको ठाउँमा तीन जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button