तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाको सचिवालय बैठक शुरु, केन्द्रीय कमिटीमा दुवै अध्यक्षले आज जवाफ दिने

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा उठेका विषयहरुमा पार्टीका दुवै अध्यक्ष र महासचिवले जवाफ दिने कार्यक्रम रहेको छ ।

चार दिनदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा जारी बैठकको अन्तिम दिन आज प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरुले उठाउनु भएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

चार दिन अघिबाट शुरु भएको बैठकमा पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड)र महासचिव बिष्णु पौडेलले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन र संगठनात्मक प्रतिवेदनका साथै विधान संशोधन प्रस्तावमाथि १५ वटा समूहबाट बिभिन्न प्रश्नहरू र सुझावहरु आएका थिए ।

यसैबीच, बैठक अघि केन्द्रीय कमिटीमा उठेका विषय बारेमा छलफल गर्न नेकपाको सचिवालय बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा केन्द्रीय समिति बैठकमा समान धारणा लैजाने विषयमा छलफल भईरहेको नेकपाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button