तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा उपमहानगरपालिकामा चार सय ५६ जनाको छोरी शिक्षा बिमा गरियो

बारा । मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकामा भएको तीन दिने छोरी शिक्षा बिमा शिविरमा चार सय ५६ जना छोरीको बिमा गरिएको छ ।

२०७५ माघ १ गतेयता जन्मेका छोरीहरुको बिमा गराउन प्रभु बैँकसँगको सहकार्यमा प्रदेश नं. २ को सरकारले बिमा सप्ताह सञ्चालन गरिरहेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख नितु साहका अनुसार तीन दिनमा उपमहानगरका चार सय ५४ छोरीहरुको बिमा गरिएको छ ।

उहाँका अनुसार पहिलो दिन बिहिबार उपमहानगरको वडा नम्बर १०स्थित छातापिपरामा सम्पन्न शिविरमा एक सय ४३ जना, दोस्रो दिन शुक्रबार वडा नम्बर २ स्थित सिमरामा सम्पन्न शिविरमा एक सय १५ जना र अन्तिम दिन शनिबार वडा नम्बर १५ स्थित डुमरवानामा १ सय ९८ छोरीहरुको बिमा गराईएको छ ।

त्यस्तै बाराको परवानीपुर गाउँपालिकामा एक सय ५८ जना छोरीहरुको बिमा गराईएको छ ।

पाँच वटा वडा रहेको गाउँपालिकाको लिपनीमालस्थित भोजभगत माबिमा आज सम्पन्न एक दिने शिविरमा एक सय ६० छोरीहरुको बिमा गरिएको गाउँपालिका अध्यक्ष हरीनारायण साहले जानकारी दिनुभयो ।

छोरीे शिक्षा बिमा कार्यक्रमको बारा जिल्ला संयोजक रामप्रबेस यादबले बिमाको लाभ लिन छोरी अबिवाहित भई २० बर्ष उमेर पुरा भएको र १२ कक्षा अनिवार्य उतिर्ण भएको हुनुपर्ने प्रावधान भएको बताउँनुभयो ।

उहाँले छोरीको संरक्षकको मृत्यु भएमा अर्को संरक्षक राख्न सक्ने प्रावधान भएको बताउनुभयो । २० बर्षपछि छोरीको संरक्षकले सो रकम प्राप्त गर्ने जानकारी दिनुभयो ।

छोरी बिमा सप्ताहअन्तर्गत प्रदेशभरी एकैसाथ यो कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रदेश नम्बर २ सरकारको मन्त्रीपरिषदको बैठकले नवजात छोरीको शिक्षाका लागि छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख पु¥याएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button