तपाईँ सुन्दै हुनुहुन्छः

एमसीसीबारे सुझाव संकलन गर्न नेकपाद्वारा कार्यदल गठन

Image may contain: 1 person, standing, possible text that says 'राष्ट्रिय सभागृह'

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीस)बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कार्यदल गठन गर्ने घोषणा गर्नुभएको हो ।

बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहनुभएको बताइएको छ ।

कार्यदललाई १० दिनको समय दिइएको छ ।  १० दिनको समयमा समितिले एमसीसीबारे जारी विवादको समाधानका लागि पार्टी भित्र छलफल गर्ने र सुझाव संकलन गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button