तपाईँ सुन्दै हुनुहुन्छः

राजमार्गमा गरिएको अवरोध हटाउने क्रममा कैलालीमा आठ जना प्रहरी घाइते

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा गरिएको अवरोध हटाउने क्रममा आज बिहान भएको झडपमा परी आठ जना प्रहरी घाइते भएका छन् ।

सडक दुर्घटनामा परी मृत्यु भएका स्थानीय मायाराम चौधरीका आफन्तजन तथा स्थानीयबासीले घटनामा संलग्नको पहिचान गरी कार्वाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग अवरोध गरेका थिए । उक्त अवरोध हटाउने क्रममा प्रहरी र स्थानीयबीच दोहोरो झडप हँुदा आठ जना प्रहरी घाईते भएको जनाइएको छ ।

झडपका क्रम मा परी आठ जना प्रहरी घाइते भएको र स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नतले जानकारी दिनुभयो ।

अहिले लम्की क्षेत्रका ेस्थिति प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो । लम्कीक्षेत्रमा शनिवार से २ प १८५० नं को मोटरसाईकल दुर्घटना हुँदा स्थानीय मायाराम चौधरीको मृत्यु भएको थियो ।

प्रहरीले घटनापछि अनुसन्धानका लागि भनेर एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । यसैबीच उक्त घटनानलाई लिएर अहिले जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बस्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button