तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली अस्पतालको शौचालयबाट नवजात शिशुको उद्दार

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली अस्पतालको शौचालयबाट प्रहरीले नवजात शिशुको उद्दार गरेको छ ।

गएराति अस्पतालको शौचालयमा जन्मिएको शिशुको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले जानकारी दिनुभयो ।

बच्चा जन्माउने महिला अविवाहित रहेको बताइएको छ । पेट दुखेपछि अस्पताल पुगेकी ती महिलाले शौचालयमै बच्चा जन्माएको अस्पतालमा कार्यरत नर्सहरूले बताएका छन् ।

प्रहरीका अनुसार ती महिला र नवजात शिशु महाकाली अस्पतालमै रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button