तपाईँ सुन्दै हुनुहुन्छः

आइसीसी विश्वकप क्रिकेट लिग दुईको तयारी पुरा

काठमाडौं । नेपालमा आयोजना हुने आइसीसी विश्वकप क्रिकेट लिग दुईका लागि सबै तयारी लगभग पुरा भएको छ ।

आइसीसीको सहयोगमा नेपाल क्रिकेट संघले यस प्रतियोगितालाई सफल पार्नका लागि कुनै कसर बाँकी राखेको छैन । यो प्रतियोगिताका लागि सुरक्षा देखि बसोबास, यातायात लगायतका सबै तयारी पुरा गरेको छ । अब मैदानलाई अन्तिम रुप दिन बाँकी रहेको छ ।

प्रतियोगिताका लागि सहभागि टिमका खेलाडी र अफिसियलको बसोबार सोल्टी होटेलमा गरिएको छ । अमेरीकी टिमले सोमबार कीर्तिपुर मैदानमा साँढे दुई घण्टा प्रशिक्षण गर्नेछ ।

यस्तै, सोमबार दिउसो साढे दुई बजे ओमान एयरबाट ओमान क्रिकेट टिम काठमाडौं पुग्नेछ । उसले कीर्तिपुर मैदानमा मंगलबार बिहान साँढे नौ बजेबाट तीन घण्टा प्रशिक्षण गर्नेछ ।

मंगलबार नै अमेरीकी क्रिकेट टिमले मुलपानी क्रिकेट मैदानमा नेपालसँग अभ्यास खेल खेल्नेछ । तर, यो अभ्यासमा पुरै टिम भन्दापनि मिश्रण हुनसक्नेछ ।

बुधबारबाट प्रतियोगिता सुरु हुनेछ । जसमा नेपालले ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button