२०७८ साल वैशाख ५ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या पाँच पुग्यो

आशिष कुमार यादव २०७६ माघ १९ गते १८:३३

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका २ मा बस र हाईस ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत  सुनसरीको झुम्का इनरुवा सडकखण्डको रामधुनी तित्रिबनमा हाईस र बस एकापसमा ठोक्किंदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

पूर्वबाट काठमाडौंका लागि छुटेको बा ५ ख ३१५७ नम्बरको हाईस र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एकआपसमा ठोक्किदाँ उक्त दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा १४ जना घाईते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा हायस चालक धार्दिङ बैरेनीका दिपक खड्का, हायसमा सवार झापा, भद्रपुर–५ की ६८ वर्षिया डोल कुमारी कोईराला, उहाँका श्रीमान हेमराज कोईराला, झापा धरमपुरकी १८ वर्षिय गरिमा गौतम र झापा भद्रपुर–७ का ४५ पर्षिय टंकप्रसाद काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

काफ्ले भूमीसुधार मन्त्रालयमा लेखाअधिकृतको रुपमा कार्यरत रहनुभएको थियो । उहाँको धरानस्थित वीपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको होे ।

त्यस्तै घाइते गरिमा गौतम र काफ्लेको उपचारको क्रममा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाईते मध्ये होमबहादुर कार्की र सावित्री राईको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी  दुर्घटनामा परी हायसमा सवार झापा कचनकवलका २५ वर्षिय कृष्ण चौहान, काठमाडौँ अनामनगरकी ७ वर्षिया अग्रिता श्रेष्ठ, सोही ठाउँकी २८ वर्षिया रमुना श्रेष्ठ, दमक ३ का ३० वर्षिय बम बहादुर बस्नेत, झापा चन्द्रगढीका १२ वर्षिय विनियस काफ्ले, झापा धरमपुरका ३७ वर्षिय होम बहादुर कार्की, मोरङ पथरीका ४९ वर्षिय डिल्लीराम बाँस्कोटा, झापा भद्रपुरकी ४१ वर्षिया तारा कुमारी राय, सोही ठाउँकी ३८ वर्षिया माया काफ्ले, ३५ वर्षिया साबित्रा राई र हायसका सह–चालक सोलुखुम्बुका २३ वर्षिय केदार बस्नेत घाईते भएका छन् । घाईतेहरु मध्ये बस्नेतको एपेक्स हस्पिटल ईटहरी, कार्कीको धरानमा उपचार भइरहेको छ ।

त्यस्तै इटहरी–४ की कमला तामाङको पनि प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्य घाईतेहरुको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको प्रहरी प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले जानकारी दिनुभएको छ ।

बसमा सवार रहेका मकवानपुर हेटौडाका ३८ वर्षिय बेदनाथ घिमिरे, मोरङ लेटाङका ३७ वर्षिय खगिन्द्र नेपाल र झापा कमल गाँउपालिकाका २६ वर्षिय राजकुमार शर्मा घाईते भएका छन् ।

बसमा सवार रहेका तीनै जना घाईतेहरुको एपेक्स अस्पताल ईटहरीमा उपचार भईरहेको छ । ठक्कर दिने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित

दैलेखमा बस दुर्घटना २० घाइते, २ गम्भीर

१ घन्टा अगाडि भीम सिजापति