तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाईरसको संक्रमणका बारेमा फैलिरहेको अनावश्यक हल्ला र भ्रमबाट त्रसित हुनुपर्दैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपि शर्मा ओलीले कोरोना भाईरसको संक्रमण हुन नदिन सरकारले सबै उपायहरू अवलम्वन गरेको हुनाले नेपालीहरू त्रसित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकको समापनका अवसरमा आज काठमाडौमा प्रधानमन्त्री ओलीले कोरोना भाईरसको संक्रमणका बारेमा फैलिरहेको अनावश्यक हल्ला र भ्रमबाट त्रसित नहुन र यसवाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह समेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले चीनमा रहेका नेपालीहरू हाल सम्म सुरक्षति रहेको र नेपाल फिर्ता ल्याउन सरकारले आवश्यक तयारी गरिरहको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सामाजिक कुरीति र विसंगतीको अन्त्यका लागि सामाजिक जागरणका अभियानहरू सञ्चालन गर्न पार्टीका सम्पूर्ण निकाय एवं जनवर्गीय संगठन हरूलाई निर्देशन समेत दिनुभयो ।

सरकारले छाउपडि लगायतका सामाजिक कुरितीको अन्त्य गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले त्यसलाई प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button