तपाईँ सुन्दै हुनुहुन्छः

कपिलबस्तुमा पोखरी तथा तालतलैयाको संरक्षणमा बिशेष ध्यान दिने प्रतिबद्धता (फोटोफिचर)

कपिलवस्तु । विश्व सिमसार सिमसार दिवसका अवसरमा कपिलबस्तुको यशोधरा गाउंपालिकाको वडा नम्बर १स्थित पुन्निहवा पोखरी नजिक जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।

२०औं विश्व सिमसार दिवसको अवसरमा यशोधरा गाउंपालिकाको वडा नम्बर १,२ र ३ का बाल क्लब, पोखरी ब्यवस्थापन समिती तथा जनप्रतिनिधीहरुको सक्रियतामा सिमसारको संरक्षण र यसको महत्वका बारेमा जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

अस्टेलियन एड,यू.एम.एन तथा दलित सामाजिक बिकास केन्द्रको समन्वयमा सम्पन्न कार्यक्रममा यशोधरा गाउंपालिकाका वडा नम्बर १का अध्यक्ष शिवपूजन पासीले सिमसार क्षेत्र मानव जीवन र प्राकृतिक सँतुलनकालागि आवश्यक रहेकाले यसको संरक्षणको बिषय सबैको चासोको बिषय बन्नुपर्ने बताउनुभयो ।

यशोधरा गाउंपालिकाका वडा नम्बर ३ का अध्यक्ष सरिता त्रिपाठीले गाउंघरमा अझैपनि पोखरी ताल तलैयाको संख्या धेरै रहेपनि संरक्षणकको अभावमा पुरिने सम्भावना बढ्दै गएकाले सिमसार दिवस दिवसको अवसरमा यसको महत्व झल्काएर संरक्षणमा स्थानीयको सहभागिता बढाउनु जरुरी रहको बताउनुभयो ।

दलित सामाजिक बिकास केन्दका उपाध्यक्ष संजय कोरीले संरक्षण सबैको साझा अभियान बन्नु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा यशोधरा गाउंपालिकाका वडा नम्बर १,२ र ३ का अध्यक्षहरु शिवपूजन पासी अब्दुलरसीद मुसलमान,सरिता त्रिपाठीसहित तीन वटै वडाका पोखरी ब्यवस्थापन समितीका अध्यक्षहरुले हरेक काम गर्दा पोखरी तथा तालतलैयाको संरक्षणमा बिशेष ध्यान दिने प्रतिबद्धता जनाउनुभएको थियो ।

यसअघि सिमसारको संरक्षण र यसको महत्वका बारेमा जनचेतना फैलाउने नारासिहत स्थानीय सर्बसाधारण ,बिधार्थीलगायतको सहभागितामा र्यालीको आयोजना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button