तपाईँ सुन्दै हुनुहुन्छः

दुहवी हत्यामा संलग्न २ युवा सार्वजनिक

सुनसरी- सुनसरीको दुहवीमा हत्या गरिएका झापाका अभिषेक कटवालको हत्यारा सार्वजनिक गरिएको छ । हत्याको घटनामा संलग्नताका आधारमा प्रहरीले बिराटनगर का बिजय कार्की र अर्जुन भण्डारीलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको हो ।

कटवालको शव दुहबीको केशलिया खोला किनारमा नग्न अवस्थामा गाडिएको अवस्थामा माघ १४ गते फेला परेको थियो । प्रहरीका अनुसार अभिषेकको हत्या ९ गते राती भएको थियो ।

कार्की र अर्जुनसँग अभिषेकको पहिला बाट नै चिनजान रहेको र तीनैजना लागुऔषध सेवनकर्ता रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार व्यक्तिगत रिसिवी साध्ने क्रममा कटवालको हत्या गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button