तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिबासमा प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता हुने

महोत्तरी । महोत्तरीको बर्दिबासमा प्रदेश नं. २मा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बर्दिबास व्याडमिन्टन संघ महोत्तरीको आयोजनामा माघ २४ र २५ गते प्रदेश स्तरीय ‘तेस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता’ हुने भएको हो ।

गौतम होटलमा आज आयोजित पत्रकार सम्मेलनमा बर्दिबास व्याडमिन्टन संघका अध्यक्ष कृष्ण प्रसाद गौतमका अनुसार, प्रतियोगितामा ६० टिमको सहभागिता हुनेछ ।

प्रतियोगिता मेन्स डब्ल, भेट्रान डबल र ओमेन सिङ्गलमा सहभागिता हुनेछ । प्रतियोगिता बर्दिबासस्थित बर्दिबास कवड हलमा सञ्चालन हुनेछ ।

मेन्स डब्लका खेलाडीलाई क्रमसः प्रथमलाई ३० हजार, द्घितीयलाई २० हजार र तृतीयलाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

त्यसैगरी भेट्रान डबलका खेलाडीलाई क्रमस प्रथमलाई २५ हजार, द्घितीयलाई १५ हजार र तृतीयलाई १० हजार पुरस्कार राशि राखिएको छ ।
त्यसैगरि ओमेन सिङ्गल तर्फका खेलाडीलाई क्रमसः प्रथमलाई १० हजार, द्घितीयलाई सात हजार पाँच सय र तृतीयलाई पाँच हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ ।

बर्दिबास नगरपालिकाको सहयोगमा प्रतियोगिता तीन बर्षदेखि सञ्चालन हुँदैं आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button