तपाईँ सुन्दै हुनुहुन्छः

वडा कार्यालयद्धारा स्थानीयलाई न्यानो कपडा बितरण

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेद्धारा स्थानीयलाई न्यानो कपडा बितरण गरिएको छ । आफ्नो वडामा रहेको जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई सम्मान गर्ने उद्देश्यले सो न्यानो कपडा बितरण गरिएको हो ।

बितरण गरिएको न्यानो कपडामा खोल सहितको फाईबर सिरक, तन्ना, बेटसिट लगायतको सामाग्री रहेको वडाअध्यक्ष कुरुङ राईले बताए । वडाअध्यक्ष राईका अनुसार आर्थिक बर्ष ७६/७७ को बार्षिक कार्यक्रम अन्र्तगत जाडो मौसमलाई मध्येनजर गरेर छुट्याईएको करिब एकलाख बराबरको सामाग्रीहरु बितरण गरिएको थियो ।

सामाग्री वडामा रहेको जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलागरी ३० जनालाई बितरण गरिएको वडासचिब रितकुमार राउतले बताउनुभयो । वडासचिब राउतका अनुसार उनिहरुलाई सुत्ने क्रममा प्रयोग हुने एकएक थान जाडोको न्यानो कपडा बितरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button