२०७८ साल वैशाख ७ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

दादुरा र रुवेलाखोप अभियानलाई सफल बनाउन पत्रकार सम्मेलन

सिकेन्द्र पासवान २०७६ माघ २० गते १८:०४


बारा । दादुरा र रुवेलाखोप अभियानलाई सफल बनाउनका लागि बाराको सदरमुकाम कलैयामा पत्रकार सम्मेलनको आयोजना गरि तयारीका बारेमा जानकारी दिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा सो कार्यक्रम गरिएको थियो ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्य सिकेन्द्र पासवानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जनस्वास्थ्य कार्यालय बाराका बरिष्ठ अधिकृत राजकिशोर पंडित, खोप अधिकृत छठु चौधरी, युनिसेफका प्रतिनिधी प्रदीप श्रेष्ठ, जनस्वास्थ्य अधिकृत शंकर गुप्ता, बागमति सेवा समाजका अमजद अलि मिकरानी लगायतकाले खोप अभियानका बारेमा चर्चा गर्नुभएको थियो ।

३ चरणमा हुने सो अभियानका लागि फाल्गुन २ गते देखि १० सम्म पहिलो चरणमा पचरौता, सिम्रौनगढ, आर्दश कोतवा, सुवर्ण र कोल्हवी, दोस्रो चरणका लागि फाल्गुन १२ देखि २० गते सम्म प्रसौनी, जीतपुर, सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, फेटा गाँउपालिका, बिश्रामपुर र परवानीपुरमा र तेस्रो चरण अन्र्तगत २२ देखि ३० गते सम्म करैयामाई गाँउपालिका, महागढीमाई नगरपालिका, बारागढी गाँउपालिका, निजगढ नगरपालिका र देवताल गाँउपालिकामा खोप संचालन हुने बरिष्ठ जनस्वास्थ्य अधिकृत पंडितले जानकारी दिनुभयो ।

खोप अभियान सफल पार्नका लागि ९ महिना देखि ५ बर्ष सम्मका बालवालिकाहरु करीव एक लाख एघार हजार तीन सय ४७ जनालाई खुवाइनेछ भने जन्मे देखि ५ बर्ष सम्मका एक लाख तीस हजार २२ जनालाई पोलियो थोपा खुयाउने लक्ष्य लिएको हो । खोप केन्द्र एक हजार तीन सय २३ , दुई हजार चार सय सहयोगी, दुई सय २८ जना स्वास्थ्यकर्मी परिचालन गरिएको प्रमुख पंडितले जानकारी दिनुभयो । १६ वटा स्थानिय पालिकाहरुलाई समन्वय गर्ने सो कार्यक्रममा आग्रह गरिएको थियो ।

सम्बन्धित

गर्भवतीलाई घरदैलोमै कोसेली अभियान

२ मिनेट अगाडि सागर परियार

प्रदेशको सातौँ अधिवेशन अन्त्य

१९ मिनेट अगाडि रेडियो नेपाल

नेप्से परिसूचक सामान्य वृद्धि

२२ मिनेट अगाडि रेडियो नेपाल