तपाईँ सुन्दै हुनुहुन्छः

हैण्डीक्रफ्ट, वाईवाई र नेपाल आईस निर्यात हुने उत्कृष्ट उत्पादन

वीरगञ्ज । वीरगञ्जस्थित श्रीसिया सुक्खा बन्दरगाहबाट तेस्रो मुलुक निर्यात हुने ३ उत्कृष्ट नेपाली उत्पादनमा हैण्डीक्रफ्ट, वाईवाई चाउचाउ र नेपाल आईस बियर परेका छन् ।

चालू आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट तेश्रो मुलुक निर्यात हुने हैण्डीक्राफ्टका सामान निर्यातमा ४५ प्रतिशतले वृद्धि भएको ड्राईपोर्ट भन्सार कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्त सम्म १८ करोड ८८ लाख ५७ हजार मूल्य बराबरको २६ हजार ५ सय ३५ पिस हैण्डीक्राफ्टको सामान निर्यात भएको छ ।

त्यसैगरी चालू आर्थिक बर्षको ६ महिनामा सुक्खा बन्दरगाह भन्सारबाट तेस्रो मुलुकमा ९ करोड ८५ लाख ९६ हजार मूल्य बराबरको ३ लाख ४५ हजार ६२ किलो वाईवाई चाउचाउ निर्यात भएको भन्सार प्रमुख अधिकृत उमेश श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी नेपालबाट निर्यात हुने तेश्रो उत्पादनको रुपमा चौधरी समूहकै नेपाल आईस वियर ६ महिनामा १ करोड ६० लाख ३८ हजार मूल्य बराबरको १ लाख १३ हजार ५ सय ७६ लिटर वियर निर्यात भएको भन्सार कार्यालयको तथ्याकले देखाएको छ ।

विशेष गरी अमेरिका,अष्ट्रेलिया, जापान, सिंगापुर, थाइलैन्ड, मलेसिया लगायत देशमा हैण्डीक्राफ्टका सामान निर्यात हुने गरेको ड्राईपोर्ट भन्सार प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button