तपाईँ सुन्दै हुनुहुन्छः

इलामका किसान एभोकार्डोको खेतीतर्फ आर्कषित

इलाम । इलामका किसानहरु घिऊ फलको रुपमा चिनिने एभोकार्डोको खेतीतर्फ आर्कषित भएका छन् ।

एक विशेष प्रकारको फलका रूपमा परिचित एभोकाडोको उत्पादन कम भएको र यसको माग बढी भएका कारण जिल्लामा किसानहरु एभोकार्डोको खेतीतर्फ आकार्षित भएका हुन । यो फल स्वास्थ्य र पोषणका लागि एकदमै राम्रो मानिन्छ ।

इलाममा एभोकाडो उत्पादन हुने ठाउँका किसानसँग जति माग गरे पनि फल नपाएको स्थानीय फलफूल व्यापारी बालकुमार पोख्रेलले बताउनुभयो ।

बोटमा फूल लागेदेखि नै व्यापारीहरूले बोटमा नै मोलमोलाइ गरेकोले फल खासै नपाइने गरेको रोङ गाउँपालिकाका गोविन्द पौडेलले जानकारी दिनु भयो ।

इलाममा उत्पादन भएको फल, झापा, विराटनगर, काठमाडाँैमा क्षेत्रका साथै इलामको पशुपतिनगर हुँदै भारतको दार्जिलिङ, सिलिगुडी लगायत बजारमा समेत एभोकार्डो निर्यात हुने गरेको छ ।

जिल्लाको माईजोगमाईको सोयाङ, इलाम नगरपालिका, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिकाको सुलुबुङमा समेत यसको व्यावसायिक खेती शुरु भएको छ ।

किसान ईश्वरी अधिकारीले गएको वर्ष एउटै बोटलाई ५० हजारमा बेच्नुभएको थियो ।

ठूलो रूख हुने भएकाले यसको एउटै रूखमा तीन–चार सय किलोग्रामसम्म फल उत्पादन हुने गरेको छ । एभोकाडो बोटबाट नै व्यापारीहरूले प्रतिकिलो २०० देखि २५० रुपैयाँमा किन्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button