तपाईँ सुन्दै हुनुहुन्छः

नोबल कोरोना भाईरसका सन्दर्भमा सावधानी अपनाउन सबैमा अनुरोध


काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपाली विधार्थीलाई ल्याउने सन्दर्भमा सरकार सजग रहेको र त्यसकोलागि आवश्यक तयारी भईरहेको बताउनुभएको छ ।

प्रतिनिधी सभाको आजको बैठकमा चीनबाट फैलिंदै गरेको नोबल कोरोना भाईरस संक्रमणका बारेमा सार्बजनिक महत्वको बक्तब्य दिंदै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले चीनस्थित नेपाली दुताबासले नेपाली विधार्थीलाई ल्याउने सम्बन्धमा काम गरिरहेको र चेकजांचपछि मात्र उनीहरुलाई नेपाल ल्याईने बताउनुभयो ।

नेपालमा कोरोना भाईरसको संक्रमण पहिलो पटक जनवरी ९ तारिखमा चीनबाट आएका एक नेपाली बिधार्थीमा देखिएको तर हाल उहां संक्रमणमुक्त भईसकेको मन्त्री ढकालले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले हालसम्म नेपालमा १३ जना संकास्पद्को परिक्षण भएको तर कसैमा सो रोगको संक्रमण नेदेखिएको जानकारी दिंदै नेपाल सरकार यसबारेमा पूर्ण तयारीमा रहनुसंगै सजग रहेको बताउनुभयो ।

उच्च स्तरीय निदेशक समिती बनाएर काम भईरहेको र सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको जानकारी दिंदै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले सावधानी अपनाउन सबैमा अनुरोध गर्नुभयो ।

यो रोग चीनका २२ प्रान्त र बिश्वका २३ देशमा देखिएको र हालसम्म १७ हजार ३ सय ५१ ब्यक्ति संक्रमित भेटिएकोमा १७ हजार २ सय ३८ जना चीनीयां नागरिक भएको उहांले जानकारी गराउनुभयो ।

मन्त्री ढकालले नोबल कोरोना भाईरसको संक्रमणबाट हालसम्म ३६२ जनाको मृत्यू भएको र त्यस मध्ये ३६१ जनाको चीनमा र एक जनाको पिलिपिन्समा मृत्यु भएकोमा उनी पनि चीनीयां नागरिक नै भएको बताउनुभयो ।

यसअघि प्रतिनिधी सभाको आजको बैठकमा बोल्दै सांसदहरुले कोरोना भाईरसका सन्दर्भमा नेपालको सतर्कता कस्तो छ ,चीनमा रहेका नेपाली बिधार्थीलाई ल्याउने सम्बन्धमा के भईरहेको छ लगायतका बिषयमा सदनमार्फत सरकारको ध्यानाकृष्ट गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button