तपाईँ सुन्दै हुनुहुन्छः

छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ

बीरगंज।पर्साको पोखरियाबाट प्रहरीले छोरीलाई बलात्कार गरेको आरोपमा बुवालाई आज पक्राउ गरेको छ ।
आफ्नी १६ वर्षिय छोरीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा पोखरीया नगरपालिका वडा नम्बर ४ सतवरीया निवासी ४० बर्षिय रामविनय साह रौनियारलाई ईलाका प्रहरी कार्यालय पोखरियाले पक्राउ गरेको हो । छोरीलाई पटक पटक बलात्कार गरी घरमा बन्धक बनाएर राखेको बेला छोरीले घरमा कोही नभएको मौका छोपी भागेर प्रहरीको शरणमा पुगेपछि घटना सार्वजनिक भएको थियो ।
छिमेकी एक जनाको मृत्युभएपछि मृतकलाई हेर्न बहानामा घरबाट निस्किएकी किशोरी एक्कासी ईलाका प्रहरी कार्यालय पोखरियामा पुगेकी थिईन ।
उनले प्रहरी समक्ष आफनै बुवाले पटक पटक बलात्कार गरेको घटना प्रहरीलाई सुनाएपछि इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको टोलीले बालिकाको बुवा र आमालाई घरबाटै पक्राउ गरेको प्रहरी नायव निरिक्षक उपेन्द्र यादवले बताउनु भयो । पिडित किशोरी सहित उनकी आमा र बुवालाई थप अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याईएको छ ।
बाबु तथा छोरीको स्वास्थ्य परिक्षण पछि तिनै जनालाई प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरले बताउनुभयो ।
यसैविच पिडितका बुवा रामविनय साह अपराधिक प्रवृति भएको व्यक्ति भएको र निजका ४ वटा श्रीमति रहेको तथा जेठी श्रीमति तर्फको छोरीलाई निजले बलात्कार गरेको स्थानिय वासिन्दाले बताएका छन् । लागु औषध गाँजा, चरेशको अवैध कारोवार तथा तस्करी गतिविधिमा संलग्न रौनियारका ३ वटा श्रीमतिले यस अघि नै उनलाई छोडेर गई सकेको र हाल उनि कान्छि श्रीमतिसँग रहेको स्थानियले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button