तपाईँ सुन्दै हुनुहुन्छः

एभरेष्ट चिनी उद्योग एक महिनामै तीन पटक बन्द

महोत्तरी । क्रसिङका लागि पर्याप्त उखु नपुग्दा महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी उद्योग एक महिनाको अवधिमै तीन पटक बन्द भएको छ ।

गत पुस १३ गते यसपालिको क्रसिङ खोलिएको उद्योगमा उखुकै कमीले उद्योग बन्द गर्नुपरेको उदोगले जनाएको छ ।

उद्योगको दैनिक ५० हजार क्विण्टल उखु पेल्ने (क्रसिङ) गर्ने क्षमता छ, तर उखु नपुग हुँदा अहिले ३५ देखि ४० हजार क्विण्टल मात्र पेल्दै आएको उद्योगका उखु प्रबन्धक युगलकिशोर चौरसियाले बताउनु भयो ।

यसअघि कतिपय वर्ष वैशाख तेस्रो सातासम्म चल्ने गरेको उद्योग यस पालि फागुन २५ गतेभित्रै बन्द हुने उद्योग प्रशासनको भनाइ छ । उद्योगलाई चाहिने उखुको परिमाण अपुग हुने भएपछि यस पालि उद्योग चाँडै बन्द गर्नु पर्ने अवस्था देखिएको चौरसियाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button