तपाईँ सुन्दै हुनुहुन्छः

चीनमा नेपालीहरु कोरोनाको संक्रमणबाट सुरक्षित छन्: राजदूत हु याङछी

काठमाण्डौं । चीन सरकारले, चीनको उहान शहरमा रहेका नेपालीहरु कोरोना भाइरसको संक्रमणवाट सुरक्षित रहेको भन्दै हालसम्म कसैमा पनि उक्त संक्रमण नदेखिएको स्पष्ट पारेको छ ।

नेपालका लागि चीनका राजदुत हु याङछीले नेपाली सञ्चारमाध्यामलाई दिएको एक अन्तर्वार्तामा केही सञ्चार माध्याममा चीनमा केही नेपालीहरुलाई विमानस्थलमा रोकिएको समाचार आएको बताउनुहुँदै शरीरको तापक्रम बढी देखिँदा उनीहरुलाई रोक्नु परेको जानकारी दिनुभयो ।

राजदुत याङछीले यदि नेपालले आफ्ना नागरिकलाई फिर्ता ल्याउन जोड गरेमा नेपालीले त्यसअघि विमानस्थल क्वारेनटाइन, महामारी रोक्ने संयन्त्र र विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको सर सल्लाह लिनु जरुरी रहेको बताउनुभयो ।

उहानमा रहेका नेपालीहरुलाई चाहिने सरसामान प्रदान गर्न चिनियाँ विदेश मन्त्रालय, स्थानीय सरकार र सम्बन्धित विश्वविद्यालय प्रतिवद्ध रहेको चिनियाँ दुतावासले स्पष्ट पारेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button