तपाईँ सुन्दै हुनुहुन्छः

त्रिकोणात्मक सिरिज : करणले लिए ओमानको दोस्रो विकेट

काठमाडौं । घरेलु मैदानमा ओमानविरुद्ध पहिलो एकदिवसीय अन्तर्रा्ष्ट्रिय खेल खेल्न उत्रेको नेपाललाई करण केसीले दोस्रो विकेट सफलता दिलाएका छन् । करणले  पहिलो ओभरमै नेपाललाई पहिलो विकेट सफलता दिलाएका थिए ।

ओपनिङ बलिङ गर्न आएका करणले ओभरको अन्तिम बलमा ओमानका ओपनर जतिन्द्र सिंहको विकेट लिएका हुन् । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । लिग– २ मा त्रिकोणात्मक सिरिज गर्ने अवधारणा अनुरूप कीर्तिपुरमा एक साता नेपाल र ओमानसँगै अमेरिकाले एकआपसमा २– २ पटक प्रतिस्पर्धा गर्दैछन् । जसमा प्रत्येक टिमले ४ वटा एकदिवसीय खेल खेल्नेछन् ।

लिग–२ को सिजिज प्रतियोगिता भनेको सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरणमा पुग्ने प्रवेश ढोका पनि हो । जसमा नेपालसहित ७ टोलीले प्रतिस्पर्धा गर्दैछन् । टोलीका शीर्ष ३ टोली सोझैं विश्वकप छनोट चरणमा पुग्नेछन् ।

समुहमा अहिलेसम्म ८ खेलबाट ६ खेल जितेको अमेरिका शीर्ष स्थानमा छ । नेपालको भने सिरिजमा यो पहिलो खेल हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button