तपाईँ सुन्दै हुनुहुन्छः

१६ औँ वार्षिकोत्सवको अवसर पारेर टेलिकमले ल्यायो अफरै अफर

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकमा विभिन्न अफर ल्याएको छ । टेलिकमले १६ औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न अफर सार्वजनिक गरेको हो ।

टेलिकमले २ वटा डाटा प्याक अफर उलपब्ध गराएको छ । त्यस अन्तरगत ग्राहकले १६०० मा ९० दिनको लागि ३० जीबी डाटा पाउने छन् । ३ हजार रुपैयाँमा १८० दिनको लागि ६० जीबी डाटा पाउने व्यवस्था छ ।

पोस्टपेडतर्फ ३ सयमा ६ सय मिनेटको टक टाइम अथवा ३ हजार एमबी डाटा लिन सकिने टेलिकमले उल्लेख गरेको छ । यो अफर ३० दिनसम्म लागु हुनेछ ।  टेलिकमले रिचार्जमा पनि विभिन्न अफर दिएको छ । २ सय देखि ४९९ सम्मको रिचार्ज गर्दा २ सय एमबी बोनस डाटा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

त्यस्तै ५०० देखि ९९९ सम्मको रिचार्जमा ५ सय एमबी बोनस डाटा र १ हजार भन्दा माथिको रिचार्जमा १ हजार एमबी बोनस डाटा पाउने छन् । रिचार्ज अफर माघ २२ देखि २४ गतेसम्म लागू हुनेछ । अन्य अफर चैत ३० गतेसम्म लागु हुने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button