तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमा सुशान भारीको तीन विकेट

काठमाडौं– नेपालका सुशान भारीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमा तीन विकेट लिएका छन्।बुधबार जारी ओमानविरुद्धको खेलमा सुशानले तीन विकेट लिएका हुन्।

उनले ओमानका कप्तान जिशान मक्सुद, विकेटकिपर सुरज कुमार र सन्दीप गौडको विकेट लिएका हुन्। उनले पहिलो विकेटका रूपमा खेलको १८.४ ओभरमा मक्सुदलाई एलबीडब्ल्यु आउट गरे। सोही ओभरको अन्तिम बलमा उनले विकेटकिपर कुमारलाई कप्तान ज्ञानेन्द्र मल्लद्वारा क्याच गराए। त्यस्तै, खेलको ३८.४ ओभरमा विकेटकिपर विनोद भण्डारीद्वारा क्याच थमाए।

ओमानविरुद्धको खेलमा उनले किफायती बलिङ गरेका छन्। उनले १० ओभरमा १ मेडन राख्दै १४ रन मात्रै खर्चिए।

शृंखलाअन्तर्गतको पहिलो खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ। खेलको ४१.३ ओभर सकिँदा ओमानले ६ विकेट गुमाएर १२४ रन जोडेको छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button