तपाईँ सुन्दै हुनुहुन्छः

पहाडीको खाताको रकम शान्ति समाजमा हस्तान्तरण हुने

काठमाडौं ।मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आफ्नो खातामा रहने रकम शान्ति समाजमा हस्तान्तरण हुने घोषणा गर्नुभएको छ । मानव अधिकारवादी नेता पहाडीले आफ्नो शेषपछि आफ्नो नाममा भएका बैंक खातामा रहने रकम समाजमा हस्तान्तरण हुने घोषणा गर्नुभएको सभापति उत्तम पुडासैनीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

सन्ताउन्न वर्षीय पहाडीले आफूले लेखेका पुस्तकबाट प्राप्त हुने रोयल्टीलगायत रकम पनि शान्ति समाजको हुने घोषणा गर्नुभएको छ । नागरिक आन्दोलनका अगुवासमेत रहनुभएका पहाडीका नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा गरी २९ पुस्तक प्रकाशित भएका छन् । यी पुस्तक बिक्रीबाट प्राप्त रकमसमेत उहाँले समाजकै क्रियाकलाप सञ्चालनका लागि दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button