तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारिता तथा आमसञ्चार विभागको नयाँ भवन बन्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पत्रकारिता तथा आमसञ्चार विभागको लागि विश्वविद्यालय परिसर किर्तिपुरमा नयाँ भवन बन्ने भएको छ ।

विश्वविद्यलय परिसरमा आज बिहान अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ बन्ने भवनको शिलान्यास गर्नुभयो ।

झण्डै २२ करोडको लगानीमा दुईवर्षभित्र निर्माण सम्पन्न गर्नेगरी बनाउन लागिएको पाँच तले भवनमार्फत पत्रकारिता विषयको अध्यापन गराउने कार्यक्रम रहेको छ ।

भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री डा.खतिवडाले नागरिकको राजनैतिक अधिकारका लागि पत्रकारिता क्षेत्रले पु¥याएको योगदान उल्लेखनीय रहेको चर्चा गर्दै अब आर्थिक अधिकार सुनिश्चित गर्न पत्रकारिता जगतको महत्वपुर्ण भुमिकाको खाँचो रहेको बताउनुभयो ।
अर्थमन्त्री डा. खतिवडाले नैतिक मुल्य मान्यतामा आधारित उत्तरदायित्वको खोजी रहेको वर्तमान अवस्थामा विश्वविद्यालयले पाठ्यक्रम तर्जुमातर्फ विशेष ध्यानदिन आवश्यक रहेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मानन्द बाँस्कोटाले विश्वविद्यालय सुधारको अभियानलाई प्राथमिकतामा राखेर काम गर्दै गरेको बताउनुभयो ।

पत्रकारिता तथा आम सञ्चार बिभागका प्रमुख चिरञ्जिवी खनाल, प्राध्यापक कुन्दन अर्याललगायतका वक्ताहरुले कमजोर भौतिक पुर्वाधारका बिच पत्रकारिता विभागले काम गरिरहेको अवस्थामा नयाँ भवन बन्ने भएसँगै पत्रकारिता जगतका लागि महत्वपुर्ण उपलब्धी हासिल भएको धारण राख्नुभयो ।

किर्तिपुरमा नयाँ भवन बनेसँगै प्रदर्शनीमार्गमा अवस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा हुने पत्रकारिता विषयको पढाई किर्तिपुरमै हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button