तपाईँ सुन्दै हुनुहुन्छः

झापामा नोबल कोरोना भाइरसविरुद्ध सचेतना जगाइँदै

भद्रपुर, झापा । छिमेकी मुलुक चीनमा महामारीकै रुपमा फैलिएको नोबल कोरोना भाइरसविरुद्ध झापामा सचेतना अभियान नै शुरु गरिएको छ ।

विदेशीहरुको आगमन हुने नेपालको पूर्वी नाका काँकरभिट्टामा हेल्थ डेस्क स्थापना गरी आगन्तुकहरुको स्वास्थ्य जाँच भइरहेकोमा आज झापाको विर्तामोडमा बृहत सचेतना र्याली गरिएको छ ।

विर्तामोड उद्योग वाणिज्य संघ, वीरता लेडी जेसीज र पासा पुनः पुचको अगुवाइमा विर्तामोडस्थित मुक्तिचोकबाट शुरु भएको सचेतना र्यालीमा स्वतःस्फूर्त रुपमा अन्य संघ–संस्था, स्वास्थ्य तथा शैक्षिक प्रतिष्ठानलगायत स्थानीय नागरिकहरु सहभागी थिए ।

र्यालीपछि आयोजित संक्षिप्त कार्यक्रममा विर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटलसमेतको सहयोगमा सहभागीहरुलाई मासक वितरण गरिएको थियो ।

कोरोना भाइरसको संक्रमणबाट बँच्ने उपायहरुका बारेमा जानकारी गराइएको विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button