तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सभालाई पेपरलेस बनाउन ल्यापटप वितरण

फाइल तस्बिर

जनकपुरधाम । प्रदेश नंं २ का प्रदेश सभालाई पेपर लेस बनाउने अभियान शुरु भएको छ ।

प्रदेश नंं २ को दोश्रो वार्षिकोत्सवको अवसरमा प्रदेश नंं २ का सभामुख सरोज कुमार यादवले प्रदेश सभालाई पेपर लेस बनाउने गरी सबै प्रदेश सभाका सदस्यहरुलाई ल्यापटप दिने घोषणा गर्नु भएको हो ।

प्रदेश सभाको दोश्रो वार्षिकोत्सवमा प्रदेश सभामा रहेका सबै दलका संसदीय दलका नेताहरुलाई प्रदेश नंं २ का प्रदेश प्रमुख तिलक परियारले ल्यापटप वितरण गरेर सो अभियानको शुरुवात गर्नु भएको छ ।

प्रदेश सभामा रहेका सबै दलका एब सय सात जना प्रदेश सभाका सदस्यहरुलाई एक एक थानको दरले डेल कम्पनीको ल्यापटप वितरण गर्ने प्रदेश नंं २ का प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाका धेरै सदस्यहरुलाई अहिले पनि ल्यापटप चलाउन नआउने हुँदा प्रदेश नंं २ को प्रदेशसभा सचिवालयले ल्यापटप वितरण गरे पनि त्यसको खासै उपयोग हुने अवस्था भने रहेको छैन् ।

सबै सदस्यहरुलाई पहिला कम्प्युटरको प्रशिक्षण दिएर मात्र ल्यापटप प्रदान गरिएको भए यसको प्रभावकारिता अझ राम्रो हुने थियो । प्रदेसशभाका एक सदस्यले भन्नुभयो । तर सित्तैमा ल्यापटप पाएपछि प्रदेश सभाका सदस्यहरु दङ्ग पर्नुभएको छ ।

ल्यापटप वितरणको कार्यक्रम गत वर्ष नै भएपनि प्रदेश नंं २ का आर्थिक विकास तथा योजना मन्त्रालयले बजेट निकासा नगरेपछि अगाडि बढ्न सकेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button