तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाईरसवाट जोगिन सीमावर्ती क्षेत्रमा निगरानी, जटहीमा पनि हेल्पडेक्स

फाइल तबिर

जनकपुरधाम । विहारको सीतामढी जिल्लाको चोरौत ग्रामपञ्चायतमा एक जनामा कोरोना भाईरसले संक्रमित भएका बिरामी भेटिएपछि नेपाल भारतको सीमा क्षेत्रमा भारतबाट आउनेहरुको स्वास्थ्य परीक्षण गर्नका लागि प्रदेश नंं २ को सीमावर्ति क्षेत्रमा हेल्पडेक्स राख्ने क्रम बढेर गएको छ ।

महोत्तरीको बिभिन्न क्षेत्रको सीमावर्ती क्षेत्रमा हेल्प डेक्स राखेको दुई दिन नबित्दै धनुषाको जटही नाकामा पनि आज हेल्प डेक्स राख्ने निर्णय भएको छ ।

यसैगरी प्रदेशको आठ वटै जिल्लाको सीमावर्ती क्षेत्रमा कोरोना भाईरसको चेकजाँचका लागि हेल्पडेक्स राख्नका लागि पहल भईरहेको प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

खास गरेर जनकपुरधामको धार्मिक भ्रमणका लागि आउने नेपाल–भारतको सीमावर्ती क्षेत्र महोत्तरीको भिठामोड तथा धनुषाको जटही नाकामा विषेश सतर्कता अपनाउने कार्य भएको छ । उक्त नाकावाट अधिक संख्यामा भारतीय पर्यटकहरु जनकपुरधाममा आउने गरेका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बिपत व्यवस्थापन समितिका अध्यक्ष प्रदिपराज कणेलको अध्यक्षतामा भएको बैठकले कोरोना भाईरसको संक्रमित विरामी नेपाल नभित्रियोस् भन्नका लागि नै निगरानी एवं चेक जाँचको लागि हेल्प डेक्स स्थापना गर्ने निर्णय भएको बताउनुभयो ।

चीमा खाना पकाउने काम गर्ने बिहारका सीतामढी जिल्लाको चोरौतका नागरिकमा उक्त रोगको लक्ष्ण देखिएपछि उनलाई सदर अस्पतालमा भर्ना गरिएको छ ।

जनकपुरधाममा पनि चीनमा अध्ययनरत रहेका केही बिद्यार्थी भागेर आएको आशंका पनि गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button