तपाईँ सुन्दै हुनुहुन्छः

विमानस्थलको पूर्वाधार विकासका लागि तीन वटै तहका सरकारसँग सहकार्य गरिने : मन्त्री भट्टराई

काठमाडौँ । सरकारले दूरदराजका नागरिकलाई सेवा सुविधा दिने गरी दुर्गम स्थानमा रहेका विमानस्थलको सुधार र नियमित उडानका लागि काम गरिरहेको जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वर्षमा बिमानस्थल सुधारका लागि भएका कार्य प्रगति सार्वजनिक गर्न आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा विभिन्न ठाउँमा रहेका ५४ वटा विमानस्थल सुधारका लागि पाँच वर्षे योजना बनाइको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले हिमाली र पहाडी भेगमा सर्वसाधारणलाई सहज रुपमा हवाई सेवा उपलव्ध गराउन सरकार लागिपरेको बताउनुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अधिकांश काम सम्पन्न भएको र आगामी तीन महिनाभित्र सञ्चानलमा आउने जानकारी दिँदै मन्त्री भट्टराइले अबको पाँच वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान गरिने बताउनुभयो ।

मन्त्री भट्टराइले बन्दै गरेका विमानस्थलको पूर्वाधार विकासका लागि तीनै तहको सरकारसँग सहकार्य गरिनेमा जोड दिनुभयो ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई बुटिक विमानस्थलका रुपमा विकास गरिरहेको जानकारी दिँदै राष्ट्रिय विमानस्थल सुधारका कार्य पनि तीव्र गतिमा भइरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button