तपाईँ सुन्दै हुनुहुन्छः

दूरसञ्चार सेवाको पहुँचसँगै गुणस्तर सुधारमा केन्द्रित हुन नेपाल टेलिकमलाई मन्त्री बाँस्कोटाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दूरसञ्चार सेवाको पहुँचसँगै गुणस्तर सुधारमा केन्द्रित हुन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १६औँ वार्षिकोत्सव समारोहमा मन्त्री बाँस्कोटाले सेवा र पहुँच विस्तारमा उल्लेख्य सुधार भएकाले अब गुणस्तर सुधार गर्दै जनताको सेवामा समर्पित हुनुपर्ने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले गएको बर्षको देशभर ‘फोरजी’ पु¥याउने संकल्प पूरा भएको र थप सफलता प्राप्त गर्न आफ्नो सम्पूर्ण क्षमता देशका लागि प्रयोग गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

वार्षिकोत्सवस्थलमा कम्पनीमा क्रियाशील नेपाल टेलिकम वकर्स युनियनले कर्मचारीको वृत्ति विकासलगायतका मागसहित प्ले कार्ड भिरेर गरेको विरोधमा मन्त्री बाँस्कोटाले रचनात्मक सुझावहरु ग्रहण गर्न सरकार तयार रहेपनि संस्थालाई हानी पु¥याउने खालका विरोध सह्य नहुने स्पष्ट पार्नुभयो ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका सबैै जिल्लामा फोरजी सेवा सञ्चालन गरेको, सूचना प्रविधि महामार्ग निर्माणको काम भइरहेको र राष्ट्र निर्माणमा नेपाल टेलिकमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

कम्पनीका अध्यक्षसमेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीलगायतको सहभागीता रहेको कार्यक्रममा नेपाल टेलिकमले २० बर्षे सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा सम्मान गर्नुका साथै उत्कृष्ट सेवा प्रदायक संस्था तथा कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button