तपाईँ सुन्दै हुनुहुन्छः

औधोगिक व्यवसाय बिकास प्रतिष्ठान पहिलो संशोधन बिधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले औधोगिक व्यवसाय बिकास प्रतिष्ठान पहिलो संशोधन बिधेयक २०७६ लाई सर्बसम्मतिले पारित गरेको छ ।

बैठकमा उधोग, बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले औधोगिक व्यवसाय बिकास प्रतिष्ठान पहिलो संशोधन बिधेयक २०७६ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्बसम्मतिले पारित गरेको हो ।

राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री के.पी.शर्मा ओलीका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भ्रष्टाचार निवारण पहिलो संशोधन बिधेयक २०७६ माथी बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्ताव प्रस्तुत गर्नुभयो ।

यसैगरी बैठकमा प्रधानमन्त्री के.पी.शर्मा ओलीका तर्फबाट मन्त्री ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन बिधेयक २०७६ लाई दफावार छलफलकालागि बिधायन व्यवस्थापन समितीमा पठाईयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुभयो ।

राष्ट्रिय सभाको आजको बैठकले राष्ट्रिय सभाका पूर्व सांसद श्रीराम श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय सभाका पूर्व सांसद श्रीराम श्रेष्ठको यही माघ २० गते ८० बर्षको उमेरमा निधन भएको हो ।

यसअघि बैठकमा बोल्दै सांसदहरुले चीनबाट फैलिएको नोबेल कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न, सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकलाई भाडादरमा छुट दिने व्यवस्थाको पूर्ण कार्यान्वयनक लगायतका समसामयिक बिषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button