तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसः हङकङमा १८ सङ्क्रमित, ज्यान गुमाउनेको संख्या  ५०० पुग्यो  

हङकङ –  चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ ।

विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मङ्गलबार पुष्टि गर्नुभएको थियो ।

हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनको हिजो मृत्यु भएको थियो ।

कोरोना भाइरसका कारण चीनमा करिब ५०० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button