२०७८ साल जेठ ३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

गुणस्तरीय प्लाइउड उत्पादन गर्न आवश्यक : अर्थमन्त्री डा. खतिवडा

रेडियो नेपाल २०७६ माघ २२ गते १७:२७

काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाले गुणस्तरीय र प्रतिस्पर्धी प्लाइउड उत्पादन गर्न जोड दिनुपर्ने बताउनुभएको छ ।

आज अर्थ मन्त्रालयमा नेपाल प्लाइउड उत्पादन संघका पदाधिकारीहरुसँगको भेटघाटमा अर्थमन्त्री डा. खतिवडाले प्लाइउडमा नेपाल आत्मनिर्भर भएकोमा खुशी व्यक्त गर्नुहुँदै नेपाली बजारमा प्लाइउडको माग उच्च भएकोले उत्पादनको गुणस्तरियतामा ध्यान दिनुपर्ने बताउनुभयो ।

सो भेटमा अर्थमन्त्री डा. खतिवडाले कु–काठजन्य वनस्पतिलाई नगदे बालीको रुपमा बिकास गरी वैज्ञानिक वन व्यवस्थापनमा सरकारले गृहकार्य गरिरहेकोे बताउनुभयो । अर्थमन्त्री डा. खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण र सहयोग गरी मुलुकमा रोजगारी सृजना गर्ने, व्यापार घाटा कम गर्ने सरकारको नीति भएको उल्लेख गर्नुुहुँदै प्लाइउड उत्पादक संघले राखेका समस्याहरुका बारेमा छलफल गरी समाधान गरिने बताउनुभयो ।

प्लाइउड उद्योगसँग सम्बन्धित समस्याहरु माननीय अर्थमन्त्री समक्ष राख्दै नेपाल प्लाइउड उत्पादन संघका अध्यक्ष प्रदिप कुमार चौधरीले हाल नेपालमा प्लाइउड सम्बन्धी ६७ वटा उद्योगहरु चालु अवस्थामा रहेका, यसमा करिब ३० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको तथा प्लाइउडमा नेपाल आत्मनिर्भर रहेको बताउनुभयो ।

सम्बन्धित

खैरहनीबाट १ लाख ७८ हजार नगदसहित ७ जुवाडे पक्राउ 

९ घन्टा अगाडि सूर्यप्रसाद अधिकारी