तपाईँ सुन्दै हुनुहुन्छः

३४ लाख बढी घरधुरीमा वैकल्पिक ऊर्जाको पहूँच

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले चालु आर्थिक बर्षको पुष मसान्त सम्ममा देशका ३४ लाख ३ हजार ४४५ घरधुरीमा वैकल्पिक ऊर्जाको पहूँच पुगेको जनाएको छ ।

नेपाल सरकार र विभिन्न दातृ निकायहरूसँगको समन्वय र सहयोगमा सञ्चालित कार्यक्रमहरूबाट गत पौष मसान्तसम्म लघु तथा साना जलविद्युत्, सौर्य उर्जा, वायु उर्जा, बायोग्यास र सुधारिएको चुलो प्रविधिको माध्यमबाट त्यस्तो पहूच पुगेको केन्द्रले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले एक वर्षको अवधिमा नेपाल मिनीग्रिड कार्यक्रम कार्यान्वयन गर्नको लागि नेपाल सरकार र विश्व बैंकबीच ५६ लाख १० हजार अमेरिकी डलरबराबरको अनुदान सम्झौता र २० लाख अमेरिकी डलर बराबरको ऋण सम्झौता सम्पन्न भई कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी दिनुभयो ।

केन्द्रले नेपाल र बेलायत सरकारको संयुक्त सहयोगमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयनमा रहेको र साँढे चार वर्ष अवधिको सो कार्यक्रममा बेलायत सरकारबाट प्राप्त १८ मिलियन पाउण्ड सहयोगले प्रदेश २, प्रदेश ५ र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button