तपाईँ सुन्दै हुनुहुन्छः

ललिता निवास जग्गा प्रकरणमा अख्तियारबाट एक सय ७५ जना विरुद्ध मुद्दा दायर (पुरा बिवरणसहित )

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित एक सय ७५ जना विरुद्ध आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियारले मुद्दा दायर गरेकामा तीन जना पूर्वमन्त्री, छ जना तत्कालीन बिशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारी र अन्य व्यक्तिहरू रहेका छन् ।

ललिता निवास क्यापभित्रका सरकारी र सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा कायम गर्ने गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रीहरु डम्बर श्रेष्ठ, छविराज पन्त र चन्द्रदेव जोशी, तत्कालीन सचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र तत्कालीन सचिवहरु दिनेशहरि अधिकारी विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

यसैगरी, भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशकहरु मुकुन्दप्रसाद आचार्य तथा रुद्रकुमार श्रेष्ठ, निर्देशक पुष्पराज उपाध्याय, मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृतहरु कलाधर देउजा, प्रमुमबहादुर खापुङ, तथा टीकाराम घिमिरे, तत्कालीन मालपोत अधिकृत सुरेन्द्रमान कपाली तथा परशुराम पोखरेल, तत्कालीन नापी अधिकृत कमल घिमिरे लगायत विरुद्ध मुद्दा दायर गरिएको छ ।

विशेष अदालतमा मुद्दा दायर गरिएका अन्यमा रुक्म शमशेर जबरा, हाटक शम्शेर जबरा, माधवी सुवेदी, उमाकुमारी ढकाल्नी, मीनबहादुर गुरुङ, रामकुमार सुवेदी, शोभाकान्त ढकाल लगायत रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button