२०७८ साल वैशाख २८ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

चिसो छल्न आएका २३० भेडा मरे

रेडियो नेपाल २०७६ माघ २३ गते ७:२७

पूर्वी रूकुम ।  पूर्वी रूकुमको भूमे गाउँपालिका–१ लुकुमबाट चिसो छल्न र चराउन दाङको घोराही उपमहानगरपालिका–१९ पाँचपोखरीमा ल्याइएका भेडामा‘ पिपिआर रोग’ भएको पुष्टि भएको छ । समयमा उपचार नपाउँदा करीब २३० भेडा मरेका थिए ।

सो उपमहानगरपालिकाको पशु शाखा, पशु सेवा विज्ञ केन्द्र तथा जनप्रतिनिधि सहितको प्राविधिक टोली भेडा मरेको जानकारी आएपछि प्रभावित क्षेत्रमा पुगेको थियो ।

नमूना सङ्कलन गरेर परीक्षणका लागि सुर्खेत पठाइएको थियो । क्षेत्रीय रोग अनुसन्धान प्रयोगशालाले पिपिआरको लक्षण देखिएको जनाएको थियो ।

चारजना भेडापालक किसानले लुकुमबाट करीब ५०० भन्दा बढी भेडा ल्याएका थिए । पशु सेवा विज्ञ केन्द्र प्रमुख श्रीधर शर्माले बाँकी रहेका भेडाको उपचार जारी रहेको जानकारी दिनुभयो ।

सम्बन्धित

कृषि अनुदान रकममा वृद्धि गरिने

६ घन्टा अगाडि रेडियो नेपाल